
बाजुरा
बाजुरामा जंगली बँदेलले अाक्रमण गर्दा २ जना शक्त घाइते भएका छन् । घाइते हुनेमा बडीमालिका नगरपालिका वडा ७ का २० बर्षिया गंगराज तिमिल्सेना र ५० बर्षिया प्रदिप राेकाया रहेका छन् । शनिबार सांझ ५ बजेतिर वडामा रहेकाे चिनेचाैरमा रहेकाे जंगलमा नहरकाे काम गरी घरफर्कने बेला एक्कासि जंगली बँदेलले अाक्रमण गरि घाइते बनाएकाे बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् । बँदेलले प्रतिपकाे हात, खुट्टामा र घाइते मध्येका गंगराज तिमेल्सेनाकाे कम्मरमा टाेकी शक्त घाइते बनाएकाे छ घाइते भएका दुबै जनाकाे अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भईरहेकाे वडा अध्यक्ष पाद्यायले जानकारी दिनुभएको छ ।