डिजल चोरीमा संलग्न ४ जना सार्वजनिक

मोरङ, माघ २० गते ।

बिराटनगर बिमानस्थलबाट डिजल चोरी गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । गत पौष २२ गते राती बिमानस्थलको स्टोरमा राखिएको ४ सय लिटर डिजल चोरी भएको भनी नागरिक उड्यन कार्यालय बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएसंगै अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा बिराटनगर महानगपालिका(४ घर भई बिमानस्थलमै चौकीदारको रुपमा कार्यरत ४८ बर्षीय भोला यादव, निजकै छोरा १८ बर्षीय मुकेश यादव र २२ बर्षीय अमित यादव तथा बिराटनगर(४ कै १९ बर्षीय राम चन्द्र यादव रहेका छन् । यिनिहरु मध्ये चौकीदार यादवले स्टोरमा डिजल रहेको सूचना दिने र २ छोरा तथा अर्का सहयोगीले रातको समयमा बिमानस्थलको पश्चिम तर्फको सिमानाबाट बाहिर लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के।सी। पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो ।प्रहरीले घटनास्थलबाट लुकाएर राखेको अवस्थामा ९० लिटर डिजल समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई मुलुकी अपराध ९संहिता० ऐन २०७४ बमोजिम चोरी मुद्धामा म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार