अचम्मका दृष्टिविहिन, संसारलाई छक्क पार्ने शिप र कला

पाँचथर
दुबै आँखा नदेख्ने पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ५ का ३० बर्षीय पृथीराज तुम्बापोले मुढा बुन्ने कारखाना नै सञ्चालन गरेका छन । तुम्बापोसँग मुढा बुन्नेसँगै बिग्रेको रेडियो मर्मत गर्ने र सुरिलो आवाजमा बाँसुरी बजाउने सहित अनगिन्ती कलाको भण्डार छ  । तीनबर्षको उमेरमा बिरामी परेपछि अचानक दुबै आँखाका ज्योती गुमाएका तुम्बापो बाँसुरी बजाउन मात्रै होइन मुढा बुन्न र बिग्रेको रेडियो मर्मत गर्न पनि उित्तकै निपुण छन । तुम्बापोले मुढा बुन्न बाहेक रेडियो मर्मत र बाँसुरी बजाउन भने कँहि र कतैबाट प्रशिक्षण पाएका होइनन । बरु १०–१२ जना युवालाई बाँसुरी बजाउन प्रशिक्षण दिइसकेका छन । हेर्नुहोस भिडियो रिपोर्ट

https://youtu.be/C814ofQEvrU

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार