नेपालगञ्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुग्यो

नेपालगन्जका थप सात जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ।

भेरी अस्पतालमा स्वाब परीक्षण गरिएका ९४ मध्ये २२ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

नेपालगन्ज उपमहानगरपालिका–५ का एक ६० बर्षिय ब्यक्तिमा पहिलो पटक कोरोना संक्रमण देखिएपछि उनको परिवारका सदस्य, उनका छिमेकी, उनी काम गर्ने मस्जिद, पढाउने मदरसा, उनले ट्यूसन पढाउने बालबालिका, उनीहरुका परिवारका सदस्य र उनीसँग सम्पर्क भएका ब्यक्तिको स्वाब संकलन गरि परीक्षण गरिएको थियो।

संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ पत्ता लगाएर थप ब्यक्तिको स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।

समुदायमा फैलिएकोले कन्ट्रयाक्ट ट्रेसिङ पत्ता लगाउन कठिन भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार