विश्वकै शक्तिशाली राष्ट्र अमेरिका कोरोनासामु सबैभन्दा कमजोर सावित, १६ हजार बढीको मृ*त्यु

विश्वकै शक्तिशाली राष्ट्र अमेरिका कोरोना भाइरस (कोभिड –१९)सामु सबैभन्दा कमजोर सावित भएको छ। हाल अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ६८६ पुगेको छ।

यसमध्ये आधा न्यूयोर्क सहरका रहेका छन्। त्यस्तै, देशमा ४ लाख ६६ हजार २९९ जना कूल संक्रमित रहेको मध्ये १ लाख ६२ हजार न्युयोर्कमा रहेको जनाइएको छ।

अहिले न्युयोर्क सहर एक्लैमा विश्वका अन्य कुनै देशभन्दा बढी संक्रमित रहेका छन् । अमेरिकापछि स्पेनमा १ लाख ५७ हजार संक्रमित रहेका छन् भने इटालीमा १ लाख ४३ हजार संक्रमित रहेका छन् । महामारी पहिलो पटक देखिएको चीनमा यो संख्या ८२ हजार रहेको छ ।

अमेरिकामा कोभिड–१९ बाट मृ*त्यु हुनेको चरमविन्दु आइतबारसम्म पुग्ने अनुमान गरिएको छ । सामाजिक दुरीको नीति मे महिनासम्म जारी राखेको खण्डमा अमेरिकामा अगस्त महिनासम्ममा ६० हजार बढीले ज्यान गुमाउने अनुमान गरिएको छ ।

यसअघि यो संख्या ८२ हजार पुग्ने प्रक्षेपण गरिएको थियो । -एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार