धनगढीको सेती प्रादेशिक अस्पतालमा अब कोरोना भाइरस (कोभिड १९) जाँचको रिपोर्ट एक घण्टामै आउने भएको छ । कोरोना चाँच गर्ने मेसिनसहित धनगढी पुगेको विशेषज्ञ टोलीले बुधवारदेखि काम शुरू गरेको छ ।
मंगलबार साँझ मेसिन, किट, रेजेन्ट (केमिकल)सहित धनगढी पुगेको सो टोलीले जडानको काम शुरू गरेको हो । जुन मेसिनबाट १ घण्टामै कोरोना जाँचको रिजल्ट दिन सक्ने बताइएको छ ।
मेसिन जडान कार्य सकिएपछि आज साँझदेखि नै नमूना परिक्षण गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिल प्रसाद लेखकले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पठाइएको यो मेसिनबाट काम थालिएपछि कोरोना परिक्षणको लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । हालसम्म नमूना संकलन गरेर काठमाडौं पठाउने गरिएको थियो । जसको रिपार्ट आउन एक हप्तासम्म समय लाग्ने गरेको थियो ।
from:radionrn






















