२०७६, २९ कार्तिक: काठमाडौँ । भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग मिचिएको भन्दै चर्को विरोध भइरहेका बेला भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चीन र भारतवीचको सीमा विवाद आपसी सहमतिमा हलगर्दै सीमा सुरक्षामा कडाई गर्न छलफल गर्ने सहमति भएको जनाएको छ ।

ब्राजिलमा भएको ब्रिक्स सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भएको भेटवार्तामा भारत र चीनवीच देखिएको सीमा क्षेत्रको विवाद आपसी सहमति गर्ने र यसका लागि टोली गठन गर्ने सहमति गरेका छन ।

चीन रभारतको सीमाको विषय उठाउदा नेपाल सरकारले भने भारत सामु आफुसंग भएको प्रमाण समेत पेशगर्न सकेको छैन । भारत र चीनको सीमाको कुरा उठ्दा यसमा नेपाल पनि प्रत्यक्ष रुपमा जोडिन पुगेको छ । २०७२ जेठ पहिलो साता भारत र चीनवीचमा भएको लिपुलेक लिम्पियाधुरा सीमा क्षेत्रमा व्यापारिक केन्द्र बनाएर दुइदेशको व्यापार बढाउने सहमति भएको थियो ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा दुवै नेताले सीमा क्षेत्रमा शान्ति कायम राख्नका लागि विशेष प्रतिनिधिको बैठक गर्ने बारेमा जोड दिएको उल्लेख छ । दुई देशबीच गएको सेप्टेम्बर महिनामा नै वार्ता हुने तय भए पनि पछि स्थगित भएको र अब स्थगित वार्तालाई अगाडी बढाउन पुनः भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभल र चीनका तर्फबाट विदेश मन्त्री वाङ्ग यी ने सहभागी हुने भनिएको छ ।

दुवै नेताले व्यापार र अर्थतन्त्र सम्बन्धी नयाँ उच्च स्तरीय संयन्त्रको बैठक चाँडो भन्दा चाँडो गर्ने बारेमा समेत सहमति जनाएका छन् । दुई नेताबीच आगामी वर्ष दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव मनाउने तयारीका बारेमा पनि छलफल भएको थियो ।

दुवैले सो अवसरमा सो अवसरमा जनस्तरको सम्बन्ध बृद्धिमा मद्यत पुग्ने जनाइएको थियो । उनीहरुले सीमा क्षेत्रको विशेष प्रतिनिधिको अर्को बैठक गराउनेबारेमा पनि छलफल गरेको जनाइएको छ । यो अवस्थामा नेपाल सरकारले भने भारतले पटक पटक मागेको प्रमाण समेत दिन सकेको छैन ।