काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रको नेपाली भूभाग भारतले आफ्नो नक्सामा राख्नु ठिक नभएको बताउनुभएको छ। उहाँले नेपालसंग यथेष्ठ प्रमाण हुँदाहुँदै पनि भारतले नक्सा परिवर्तन गर्नु हेपाहा प्रबृति भएको र यो भूभाग उसले फिर्ता गर्नुपर्ने बताउनुभएको छ।

नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै नेता लेखकले भारतद्धारा जमिन मिचिएको विषय नेपालका कुनै एक राजनितिक पार्टीको र सरकारको मात्र नभएर सिंगो देशको एकल मुद्धा भएको बताउनुभयो । लेखकले सीमा अतिक्रमण भएको मुद्धा राष्ट्रको मुद्धा भएकाले सामुहिक रुपमा यसको समाधान खोजिनुपर्ने धारणा राख्नुभयो ।

सीमा अतिक्रमणका विषयमा सवै राजनितिक दलहरु एक ठाँउमा उभिनु पर्ने भन्दै उहाँले सरकारको नेतृत्वमा सामुहिक छलफल गरी भारत सरकारसंग दरिलो रुपमा विषय उठाउन आवस्यक रहेको दावी गर्नुभयो ।

नेता लेखकले सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले प्रतिक्रिया जनाउनु सकारात्मक भएको उल्लेख गर्दै आन्तरिक छलफल पछि उच्च कुटनीतिक र राजनितिक तहबाट भारत सरकारसंग कुरा हुनुपर्ने बताउनुभयो । भारतले मिचेको नेपाली भूमी फिर्ता ल्याउनुपर्ने र यो नेपालबाट नभई भारतबाट सिर्जित समस्या भएको लेखकको भनाइछ ।

कालीनदीको नक्सा लिम्पियाधुरामाथिबाट भएको र त्यो विषयमा भारत सरकारसंग उच्च राजनीतिक तहले कुरा राख्नुपर्ने दावी गर्दै नेता लेखकले भारतको राजनीतिक तहबाट र कार्मचारी तहबाट नेपालमा भारत विरोधी गतिविधि बढाउन मद्धत पुर्याइरहेको जिकिर गर्नुभयो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भारत र चीनको सहमतिका विषयमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले राख्नुभएको थियो भन्दै उहाँले त्यो भन्दा पछिका सरकारले चीनसंग प्रश्नै उठाउन नसकेको बताउनुभयो ।

अब नेपालले प्रमाण राखेर उच्च कुटनीतक र राजनीतिक माध्यमबाट सुगौली लिम्पियाधुराबाट बग्ने नदिको प्रमाण पेशष्र्नुपर्ने उहाँको भनाइछ।

यस्तै नेकपाका नेता लेखराज भट्टले पनि भारतीय नक्सामा परेको नेपाली भूमि फिर्ता ल्याउनुपर्ने बताउनुभएको छ। उहाँले सीमा अतिक्रमणको विषय सडकबाट नभई उच्च कुटनीतिक र राजनीतिक तहबाट हुनुपर्नेमा जोड दिनुभएको भएको छ ।

(radionrn)