पाँचथर : जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय पाँचथरले यात्रुवाट तोकिएभन्दा धेरै भाडा असुल्ने सवारी साधनलाई कार्वाहि शुरु गरेको छ । पहिलो पटक झापाको विर्तामोडदेखि फिदिमसम्म आएको एउटा जीपमा सवार ४ जना यात्रुको भाडा फिर्ता गराँउदै प्रहरीले कार्वाहि शुरु गरेको हो ।

दोश्रो पटक समेत बढी भाडा तिर्न बाध्य भएका ३५ जना यात्रुको भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको हो । विर्तामोडदेखि फिदिमसम्मको भाडादर ५ सय रहेकोमा एक हजारका दरले असुलेको पाइएकाले प्रत्येक यात्रुको वढि रकम फिर्ता गरी सवारी चालकलाई पनि एक हजार रुपैंया जरिवाना लिएर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख जनक तिम्सिनाले वताउनुभयो ।

विहान ७ वजे विर्तामोड स्थित काउण्टरमा आएका ती यात्रुलाई यातायात व्यवसायीले गाडीको अभाव देखाँउदै एक हजारका दरले भाडा तिर्ने भएमात्रै पठाउने भन्दै दोव्वर रकम असुलेको गुनासो आएको छ । हेर्नुहोस भिडियो