अमेरिकामा बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । टेक्सास राज्यको यस पासोमा २१ वर्षीय युवकले अन्धाधुन्दा गोली चलाएका थिए । १९ साउनको स्थानीइ समको १० बजे भएको घटनामा २० जनाको मृत्यु हुनाको साथै २४ जना घाइते भएको टेक्सास गभर्नरले जानकारी दिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिका र टेक्ससको सीमा नजिकै एउटा स्टोरमा घटना भएको थियो । बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । बन्दुकधारी डल्लास निवासी प्याट्रिक क्रुसिअस भएको अमेरिकी मिडियाले बताइरहेका छन् । रासस