असार २१,२०७६ तनहुँ। घिरिङ गाउँपालिका–४ पुर्कोटका एक वृद्धाको हत्या गरेको आरोपमा स्थानीयवासीले आज एक भारतीय नागरिकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्। बाख्रा चराउन वन गएकी ६० वर्षीया कुन्तमाया थापाको हत्या गरेको आरोपमा स्थानीयवासीले भारतीयलाई पक्राउ गरी बुझाएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

प्रहरीले उनको परिचय खुलाएको छैन। थापा उफ्रेनी डाँडास्थित पुर्कोट हुस्मी सामुदायिक वनमा मृत फेला परेी थिइन्। उनको देब्रे हात, खुट्टा, आँखा र टाउकोमा घाउ छ। प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको छ। रासस