मानव तस्करीको बाटो हुँदै लिबिया पुगेका एक नेपाली मारिए

युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिवियामा मारिएका छन्। मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्रा्िष्ट्रय आप्रवास सङ्गठनलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ। आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ।

यही असार १७ गते उक्त आक्रमण भएको र नेपाली मृतकका बारेमा थप विवरण प्राप्त नभएको उक्त दूतावासले बताएको छ। त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन दुई दिनअघि मात्र यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो।

यसअघि ८ जना नेपालीलाई त्यहाँबाट उद्धार गरी नेपाल फर्काइएको र अझै ६ जना नेपाली आइओएमको शिविर त्रिपोलीमा रहेको तथा उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले एक विज्ञप्ति जारी गरेर बताएको छ। ( स्राेत NRN)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार