भरतपुरमा नेकपा माओवादी केन्द्र मेयर पदकी उम्मेदवार रेनु दाहलले मतान्तर बढाउँदै लगेतापनि वडाहरुमा भने माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् ।
माओवादी केन्द्रले वडा सदस्य पनि जित्न सकेको छैन् । ८ वटा वडामा माओवादीले १० जना वडा सदस्यका उम्मेदवार उठाएको थियो । तर, उनीहरु कसैले पनि जित्न सकेनन् ।
हालसम्म प्राप्त भएको जानकारी अनुसार नेपाली काँग्रेसले ६, नेकपा एमालेले १ र नेकपा एकीकृत समाजवादीले १ वडाध्यक्ष जितेका छन् । ८ वडाका ३२ जना सदस्यमा काँग्रेसका २२, एमालेका ९ र राप्रपाका १ जना निर्वाचित भएका छन् ।






















