चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अहिले अग्रता लिएकी छन् ।
नेकपा एमालेका विजय सुवेदी भन्दा २ सय २६ मतले रेनुले अग्रता लिएकी छन् ।
१९ हजार ७ सय ८८ मत गणना हुँदा रेनुले ६ हजार ६ सय ७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १ सय २० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३ सय ६ मत ल्याएकी छन् ।






















