काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाह सर्वाधिक मतका साथ अग्रस्थानमा कायमै छन् ।
आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार ५५९ मत पाएका हुन् ।
त्यस्तै नेकमा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित ५ हजार ६५० मतका साथ दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेसकी मेयर पदकी उम्मेदवार सिर्जना सिंह ४ हजार ९०५ मतका साथ तेस्रो स्थानमा छन् ।






















