भरतपुरमा कडा प्रतिस्पर्धा, रेनु र विजयबीच अग्रता खोसाखोस

भरतपुर महानगरपालिकाको मेयर पदका लागि सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । अहिलेसम्म १७ हजार ३४ मतगणना हुँदा रेनुले ५७१८ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ५६८८ मत पाएका छन् ।

बागी उम्मेदवार जगन्नाथ पौडेलले २७८८ मत पाएका छन् । उपमेयरमा कांग्रसका चित्रसेन अधिकारीले ६९८२ र राप्रपाकी हिमला गुरुङले ४६२८ मत प्राप्त ग्ेकी छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार