पाँचथरको तुम्बेवा गाउँपालिकामा कांग्रेसका बाबुराम खड्का बिजयी

पाँचथर ।। पाँचथरको तुम्वेवा गाउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बाबुराम खड्का निर्वाचित भएका छन ।

कांग्रेसका गाउपालिका सभापति समेत रहेका खड्का एमालेका गोविन्दबहादुर तामाङलाई ४०७ मत अन्तरले हराउदै गाउपालिका अध्यक्षमा निर्वाचित भएका हुन ।

उपाध्यक्षमा माओवादी केन्द्रका खड्गबहादुर सम्वाहाम्फे निर्वाचित भएका छन । यस गाउपालिकामा २०७४ सालको स्थानीय निर्वाचनबाट अध्यक्ष पदमा कांग्रेसका होमप्रसाद थापा र उपाध्यक्षमा एमालेका धन साँवा विजयी भएका थिए ।

नेपाली कांग्रेस,माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीको गठवन्धन थियो । यस्तै एमालेले राप्रपा र जनता समाजवादी पार्टिसग तालमेल गरेर चुनाब लडेको थियो । निर्वाचन अधिकृतको कार्यालयले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार