स्थानीय तह निर्वाचन: उम्मेदवारी दिनेको संख्या एक लाख ५२ हजार ४६५ पुग्यो

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या हालसम्म एक लाख ५२ हजार ४६५ पुगेको छ ।

यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरिएको थियो । यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ ।

निर्वाचन आयोगको प्रणालीमा आज साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६, उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ ।

आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार