खविन लुइटेल ।। पाँचथरमा गठबन्धनमा रहेका दलहरु स्थानीय चुनाबको भागबण्डामा सहमति नजिक पुगेका छन् ।
नेपाली कांग्रेस, नेकपा एस र माओवादी केन्द्र विच चुनावी तालमेलमा भागबण्डाको सहमतिको अन्तिम मस्यौदा भैरहेको श्रोतले जानकारी दियो ।
पाँचथरका मिक्लाजुङ बाहेकका ७ वटा स्थानीय तहको प्रमुख कांग्रेसले पाउने गरि सहमति भएको बताइएको छ । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसले एक स्थानीय तह (मिक्लाजुङ गाउँपालिका) पाउने भएको छ ।
माओवादी केन्द्रले मिक्लाजुङ गाउँपालिका अध्यक्ष सहित फिदिम नगरपालिका उपमेयर तथा तुम्बेवा, फाल्गुनन्द, याङवरक र फालेलुङ गाउँपालिका उपप्रमुख पाउने भएको हो ।
यता नेकपा एसले हिलिहाङ र कुम्मायक उपाध्यक्ष सहित ८ वटा वडा अध्यक्ष पाउने गरि सहमति जुटेको छ ।
कांंग्रेस ३५ वा ३६ वडा माओवादी १५ वा १६ (१ वडाको विषयमा निर्णय भैनसकेको) ८ वटा वडा नेकपा एसलाइ भागबण्डा हुने गरि दलहरु सहमति नजिक पुगेका हुन् । यद्यपी यो विषयमा सहमति भएपनि सम्झौता पत्रमा हस्ताक्षर हुन बाँकी रहेको बुझिएको छ ।
यता फाल्गुनन्द गाउँपालिकाका वडाहरुमा हाल कांग्रेसले जितेका सबै वडाहरु १,३,५,६ र ७ कांग्रेसले पाउने र २ वटा वडाहरु २ र ४ माओवादी केन्द्रले पाउने गरि सहमति हुन लागेको हो ।
गठबन्धनमा भागबण्डा नमिलेपछी पाँचथरमा जसपा भने गठबन्धनबाट बाहिरिएको बुझिएको छ ।






















