पाँचथरे नेतृ कान्ता रिजाल इजरायलको लागि राजदुत शिफारिस

नयाँ कुरो समाचार ।। पाँचथरे नेतृ कान्ता रिजाल इजरायलको लागि राजदुत शिफारिस हुनुभएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको हो ।

बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जना राजदूत नियुक्तिका लागि सिफारिस गर्दा इजरायलको लागि कान्ता रिजाल शिफारिश हुनुभएको हो ।

राजनितिक पृष्ठभूमीबाट कान्ता रिजाल राजदुतको लागि शिफारिस हुनु यस क्षेत्र संगै उहाँको परिवारिले राजनितिमा पुर्याएको योगदानको कदर भएको नेपाली कांग्रेसका सह-महामन्त्री भिष्मराज आङदेम्बेले प्रतिकृया दिनुभयो ।

पाँचथरको लागि नोवल किशोर राइ पछी कान्ता रिजाल दोश्रो राजदुत शिफारिश भएको भन्दै समग्र पाँचथरेहरुको लागि गौरवको विषय भएको नेपाली कांग्रेस पाँचथरका सचिव दिपक नेपालको प्रतिकृया छ ।

राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा.रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहनुभएको छ ।

कान्ता रिजालको संक्षिप्त परिचय

बुबाको काखबाटै राजनीति सिक्नुभएकी महिला अधिकारकर्मी कान्ता रिजालको चर्चा चुलिएको छ । कांग्रेस जन्मदाता शिखर पुरुष बीपी कोइरालाका सहयात्री गणेशप्रसाद रिजालका सुपुत्री कान्ता रिजालले ले पिताकै काखवाटै राजनिती सिक्ने मौका पाउनुभएको थियो ।

स्थायी ठेगाना फाल्गुनन्द ६ मेहेलबोटे रहनुभएकी उहालाइ विसं.२०१५ सालदेखि नेपाली राजनीतिमा बीपी कोइरालाको दायाँ हात बनेर अनवरत निष्ठाको राजनीति गर्दै अगाडि बढे्ेका शालिन छविका पिता गणेश प्रसाद रिजालकै स्वच्छ छविमा नै रही नेपाली कांग्रेसको राजनीतिमा कहिल्यै पनि पदको लोभ नगरेकी नेतृको रुपमा समेत चिनिनुहुन्छ ।

महिला अधिकारवादी कान्ता रिजाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पाँचथरबाट महासमिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं.२०३८ सालमा पहिलो पल्ट पाँचथरमा नेवि संघको स्थापना गरेर नेवि संघको विद्यार्थी राजनीतिवाटै नेपाली कांग्रेसमा होमिनुभएकी उहाँ नेपाली कांग्रेसको शिक्षा नीति लगायतका विभिन्न निकाय हुंदै महिला विकास अधिकृतसम्मको सफल जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

सन्त नेता कृष्णप्रसाद भट्टराई लगायत पंचायती शासकको कठोर नजरबन्दमा समयमा पनि अग्रसर बनेर कांग्रेस राजनीतिलाई उज्याल्यामान बनाउने, शिक्षित महिला बेरोजगार संघको नेतृत्व गरेर शिक्षित महिलाहरुको विषयमा आवाज बुलन्द गर्ने कार्य समेत उहाँले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार