आज बि.सं. २०७८ साल चैत्र १७ गते बिहीवार को राशिफल

आजको राशिफल बि.सं. २०७८ साल चैत्र १७ गते बिहीवार ई.सं.२०२२ मार्च ३१ नेपाल सम्बत ११४१ चिल्लागा चैत्र कृष्ण चर्तुदशी राक्षस नामक संवत्सर, सूर्य उत्तरायणं, वसन्त ऋतु, चैत्र कृष्ण चतुर्दशी तिथी, चन्द्रमा मीन राशिमा, पूर्वभाद्र नक्षत्र, शुक्ल योग, शकुनि करण । नेपालमा सूर्योदय बिहान ५ः५५ बजे, सूर्यास्त साँझ ६ः२० बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५५ मिनेट देखि ७ बजेर २८ मिनेट सम्म छ । आज चैत कृष्ण चतुर्दशी तिथी, पारलैगिंक दृश्यताको अन्तर्राष्ट्रिय दिवस रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

(मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रै गर्दा पनि नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुराको खुलासा नगर्नु बुद्धिमानी हुनेछ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो ।

मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा केही लाभ लिने समय हो, तर नियमरकानूनको बेवास्ता नगर्नुहोला, नत्र सरकारी कडीकडाउको सिकार बन्न सक्नुहुन्छ ।

(बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक वातावरण सुखमय नै रहने छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने र भविष्यमा कलहको परिस्थिति खडा हुने दिन हो ।

आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो । आफ्नो वा छोराछोरीको शैक्षिक प्रयोजनका लागि समय र धनको आवश्यकता पर्नसक्छ, आफ्ना सौख पूरा गर्न पनि आजको केही समय व्यतीत हुनसक्छ ।

(मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह) हाकिम वा वरिष्ठ व्यक्तित्वसँग चिनजान हुने र सामीप्य बढ्ने समय छ । विशेष लाभांश प्राप्त हुनाले आवश्यक वस्तुको किनमेल गर्न सकिने छ ।

कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जुनसुकै काममा ढिलो हुने दिन हो, धैर्य र संयम भएर काम गर्नुपर्छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अर्काको जिम्मामा काम छाडेर अन्त नजानु होला ।

(कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) काम विशेषले बाहिर जानुपर्ने समय छ । नियमित कामधन्दाबाट लाभ नै हुनेछ, त्यस्तै सानो प्रयासले ठूलो काम बन्नसक्ने भाग्यबृद्धिको समय हो । धार्मिकरसांस्कृतिक काममा खटेर जस पाउने समय छ ।

सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सक्नुहुन्छ।

(सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य र संयम भएर काम गर्ने दिन हो । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हुनेछ । कसैको चित्त दुखाएर धनार्जन गर्ने प्रयास नगर्नु होला ।

बुद्धि र विवेकको प्रयोग गर्न नसक्दा जुनसुकै काममा झमेला आउन सक्छ, अवगाल र अपजस पाउने दिन भएकाले हरेक काममा सिनियरको मद्दत लिएको जाति हुन्छ । त्यस्ता चालचलन र व्यवहारप्रति तपाईंले आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको शङ्का र गुनासो बढ्ने गर्दछ ।

(कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मिहिनेतले पदीय जिम्मेवारी दिलाउने छ, इच्छाएको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । कामका साथै परिवारसँग रमाउने दिन हो ।

निर्धारित कार्यक्रमअनुसार प्रेमीप्रेमिकाको मिलन हुने र इच्छाअनुरूप एकान्तमा बस्न पाउने तथा मनका आन्तरिक भावना साटासाट गर्ने दिन हो । सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ ।

(तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते ) खिसीट्युरी गर्नेहरू प्रबल हुने दिन हो । घमण्ड र जिद्दीपना त्याग्नुहोला, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ ।

परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला । चिन्तनमननमा निर्लिप्त हुने समय छ, कुनै बाध्यात्मक परिस्थितिले ऋण काढ्नुपर्ने वा सरसापटीबाट काम चलाउनुपर्ने दिन हो ।

(बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो कल्पना र भावना साकार हुने दिन हो । आज पार्टनरसमक्ष आफ्ना कुरा थोपर्नेमात्र होइन, उसका कुरा सुनेमा पनि सन्तुष्टि हुनेछ । भाइबहिनी वा सन्ततिका विषयमा चिन्ता बढ्ने समय हो ।

मन निराश हुने समय छ, मित्र र सहयोगीले पनि वाचा पूरा गर्न सक्दैनन् । आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने समय छ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।

(धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुने समय छ । स्वास्थ्यस्थितिमा पनि सामान्य असर पर्नसक्ने दिन हो, आहारविहारमा ध्यान पुर्याएको जाति हुन्छ।

अन्य व्यापारका तुलनामा सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदि कारोबारमा मनग्ये लाभ पाउने समय छ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नसक्ने समय छ । जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणदायक बन्नसक्छ ।

(मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

कार्यालयमा सहकर्मीले राम्रो साथ दिनेछन्, साथै मित्रशक्ति र दाजुभाइबाट पनि लाभ हुनेछ । बढुवा वा प्रशंसा प्राप्त गर्ने र थप जिम्मेवारी ग्रहण गर्ने दिन हो । आफन्त वा नातागोताको कुनै काममा सघाउने परिस्थिति पनि बन्नसक्छ ।

(कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द) आजको प्रयासले भाग्य र भविष्य सपार्ने समय हो । बोलीमा विशेष बल देखिन्छ । अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल बन्न सकिने छ । काम पूरा नभए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला ।

मौखिक अभिव्यक्ति, कला र सिर्जनाका कामबाट ख्याति बढ्नेछ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा हाकिमलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ ।

(मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आपसी सम्बन्धमा चिसोपन देखिने समय हो, पारिवारिक जीवनमा चिन्ता र शङ्काका बादल मँडारिन सक्छन्, जीवनसाथीसँग सम्पर्क गरी भावना बुझ्नु राम्रो हुन्छ ।

साथ दिनेछ । कार्यस्थल र घरपरिवारमा समेत खुसी छाउने समय हो । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ । घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गर्न मन लाग्नेछ ।

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार