ज्याेति भण्डारी ।। नेपाली कांग्रेस पाँचथर प्रदेश सभा ‘ख’ ले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
काङ्ग्रेस प्रदेश सभा ‘ख’ द्वारा आयाेजित बधाई तथा सम्मान कार्यक्रम प्रदेश सभा ‘ख’ २८ वटै वडामा सम्पन्न भएकाे हो ।
नेपाली कांग्रेस पाँचथर प्रदेश सभा ‘ख’ को आयोजनामा पाँचथरको निर्वाचन क्षेत्र ख मा ३३ दिन सम्म कांग्रेसका अग्रज नेता तथा कार्यकर्तालाइ सम्मान तथा १४ ओै महाधिवेशनबाट निर्वाचित प्रतिनिधी लाइ बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो ।
माघ २७ गते सुरु भएको कार्यक्रम फाल्गुण ३० गते टुङ्गिएको क्षेत्रिय कार्यसमिती प्रदेस सभा ‘ख’ सभापति मैया श्रेष्ठ लावतीले जानकारी दिनुभयो ।
लावतीका अनुसार यो अवधिमा २८ वटा वडाका सम्पुर्ण वडा सभापति, उप सभापति, सचिव, सह सचीव, कोषाध्यक्ष, कार्यसमिति सदस्य, क्षेत्रीय प्रतिनिधि लगायतलाइ वधाइ तथा सम्मान, २०१ वटा टोल कार्यसमिति का टोल सभापति, कांग्रेसका ज्येष्ठ कार्यकर्ता तथा अग्रज ब्यक्तित्व गरी जम्मा १ हजार ४ सय ५० जना भन्दा धेरै नेता कार्यकर्ता लाइ मायाको चिनो, सम्मान पत्र लगायतले सम्मानित गरिएको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पाँचथर जिल्ला, तथा क्षेत्र ‘ख’ का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।






















