आज २०७८ साल पुष १३ गते (Dec 28, 2021) मंगलवार को राशिफल

आजको राशिफल बि.सं. २०७८ साल पुष १३ गते मंगलवार ई.सं.२०२१ डिसेम्बर २८ नेपाल सम्बत ११४१ थिंलागा नवमी पुष कृष्ण नवमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, हेमन्त ऋतु, पुष कृष्ण नवमी तिथी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, शोभन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः५३ बजे, सूर्यास्त साँझ ५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ ।

आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुँण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ४७ मिनेट देखि १२ बजेर ५ मिनेट सम्म छ । आज पुष कृष्ण नवमी, रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

(मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्नसक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् ।

कामको चाप बढ्नेछ । आजका लागि शुभ अङ्क स् ६ र शुभ रङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ क्रां क्रीं क्रौं सस् भौमाय नमस् न्यूनतम जापसङ्ख्या स् १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुनसक्छ, क्रियाशील रहनुहोला ।

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ । आजका लागि शुभ अङ्क स् ५ र शुभ रङ्ग स् सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ ऐं सरस्वत्यै नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह) मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ ।

नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ । आजका लागि शुभ अङ्क स् ४ र शुभ रङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ भ्रामरीदेव्यै नमस् न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारी र व्यापाररव्यवसायमा आज विशेष महत्त्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पद्र्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।

आजका लागि शुभ अङ्क स् ३ र शुभ रङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अं अङ्गारकाय नमस् न्यूनतम जापसङ्ख्या स् १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन्, तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ ।

मानसम्मानमा गिरावट आउने छ । आजका लागि शुभ अङ्क स् २ र शुभ रङ्ग स् सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कमलायै नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ठूलै फाइदाको आश्वासन पाइने छ । तर, यथार्थमा लाभ भने कमै मिल्नेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर पाए पनि पेटको खराबीले सताउन सक्छ । सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना पनि देखिन्छ, तर हाँकेको ताकेको काममा ध्यान पुर्याउन सकेमा सफल भइने छ ।

आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ गं गणपतये नमस् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ।

आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला । आजका लागि शुभ अङ्क स् ३ र शुभ रङ्ग स् सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कालभैरवाय नमस् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारीमा फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ ।

श्रमको उचित मूल्याङ्कन हुनेछ । आजका लागि शुभ अङ्क स् २ र शुभ रङ्ग स् रङ्गीबिरङ्गीरछिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ ह्रीं श्रीं क्लीं वित्तेश्वराय नमस् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कर्माधिष्ठातृदेवेभ्यो नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । आजका लागि शुभ अङ्क स् १ र शुभ रङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कर्माधिष्ठातृदेवेभ्यो नमस् न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि) पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ ।

साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । आजका लागि शुभ अङ्क स् ९ र शुभ रङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ वाचस्पतये नमस् न्यूनतम जापसङ्ख्या स् १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द) सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ ।

सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ । आजका लागि शुभ अङ्क स् ८ र शुभ रङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् ।

घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । आजका लागि शुभ अङ्क स् ७ र शुभ रङ्ग स् रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कात्यायनी भगवत्यै नमस् न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार