कोरोनाविरुद्धको ६ लाख ६४ हजार बढी फाइजर खोप नेपाल आइपुग्यो

कोरोना भाइरसविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ। शुक्रबार कोभ्याक्स अन्तर्गतको ६ लाख ६४ हजार ६५० डोज खोप नेपाल आइपुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ खोप आयात यसअघि नै भइसकेको छ। नेपालमा आएको खोपमध्ये हालसम्म २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा लगाई सकिएको छ।

जसमध्ये कम्तिमा एक मात्रा खोप प्राप्त गर्नेको संख्या १ करोड २४ लाख ४५ हजार ९ सय ३० जना रहेका छन्। त्यसैगरि पूर्ण खोप प्राप्त गर्नेको संख्या ९७ लाख ८२ हजार २ सय ४७ जना पुगेको छ।

गत वर्षदेखि हालसम्म आएका खोप मध्येमा ९३ लाख १७ हजार २ सय ९९ डोज खोप भण्डारणमा छन्। केन्द्रीय र प्रदेश सहितका भण्डारणमा गरी ९३ लाख बढी डोज भण्डारणमा रहेको छ।

हाल ५७ जिल्लामा भने मोडर्ना खोपको पहिलो मात्रा चलिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार