नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।
सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् ।
राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण यस्तो छ । अहिलेसम्म २६७७ मतगणना भएको छ ।
शेरबहादुर देउवा १२६५
शेखर कोइराला ९८०
प्रकाशमान सिंह २०७
विमलेन्द्र निधी १९५
कल्याण गुरुङ १२
अबको केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुनेछ । सभापतिको गणतना सकिएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको गणना सुरु हुनेछ ।
गएराति साढे ११ बजे मतदान सकिएसँगै बिहान ४ बजेबाट सभापति पदको मतगणना गर्न थालिएको हो।
नेतृत्व चयनका लागि कांग्रेसका कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको थियो । ६४ जना प्रतिनिधिले भोट हालेनन्।






















