टोकियो ओलम्पिकः पुरुष फुटबलको अन्तिम चारमा ब्राजिल, जापान, मेक्सिको र स्पेन

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् ।

अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिलका लागि अब दुई जित लगातार दोस्रोपटक स्वर्ण जित्न सक्नेछ । इजिप्टलाई १–० ले पराजित गरेर ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो ।

ब्राजिलले मंगलबार फाइनल प्रवेशका लागि मेक्सिकोसँग प्रतिस्पर्धा गर्ने छ। आयोजक जापानले स्पेनको सामना गर्ने छ । जापानले निर्धारित समयको खेलमा गोल नभएपछि भएको टाइब्रेकरमा न्यूजिल्याण्डलाई ४–२ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै स्पेनले अतिरिक्त समयमा आइभरी कोस्टलाई ५–२ ले पराजित गरेर स्थान बनाएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार