सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

सहिद स्मारक सी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । एन्फा कम्प्लेक्समा हुने पहिलो खेल सानेपा क्लब र विरगंज युनाईटेडबीच हुने छ । सानेपा र विरगंजबीचको खेल मध्यान्ह् साढे १२ बजे सुरु हुने छ ।

यस्तै दोस्रो खेल मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच हुने छ । दुई टिमबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।

आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुने छ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार