पाँचथर उद्योग बाणिज्य संघ “ग” बर्गको मुलुककै उत्कृष्ट

पाँचथर २८ चैत्र ।। पाँचथर उद्योग वाणिज्य संघ मुलुककै उत्कृष्ट बनेको छ । ग वर्गका उद्योग वाणिज्य संघहरु मध्ये पाँचथर उत्कृष्ट बनेको हो । उद्योग बाणिज्य महासंघले देसभरीका उद्योगबाणिज्य संघहरुलाई क, ख र ग गरी ३ बर्गमा विभाजन गरेको छ । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा उत्कृष्ट उद्योग बाणिज्य संघहरु छनौट समिति गठन गरिएको थियो । आफुहरुले गरेको कामको मुल्याङकन लाइ आधार मानेर महासंघले प्रथम घोषणा गर्दा आगामी दिनमा थप जिम्मेवार भएर ब्यावसायीको हक हितमा लाग्ने प्रेरणा मिलेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए ।

उत्कृष्ट घोषित भएसंगै उवासंघ पाँचथरले प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कदर पत्र समेत प्राप्त गरेको छ । उद्योग वाणिज्य महासंघले आफ्नो ५३ औ बार्षिक साधारण सभाको अवसरमा विभिन्न शाखाहरुलाई सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार