तेश्रो चौरी महोत्सव हुने / बार्षिक १० हजार पर्यटक चौरी हेर्न भित्राउने लक्ष्य

खविन लुइटेल ।। पाँचथरमा चौरी महोत्सव हुने भएको छ । ३ बर्ष अगाडीबाट उच्च पहाडी क्षेत्रमा हुदै आएको चौरी महोत्सवले यो बर्ष समेत निरन्तरता पाउन लागेको हो । जिल्लाको फालेलुङ गाउँपालिकाको नेपाल भारतको सिमावर्ती क्षेत्रमा चौरी महोत्सव हुँदै आएको छ । गएका बर्षहरुमा अन्य संघसंस्थाले आयोजना गर्दै आएको यो महोत्सवलाई यस पल्ट स्थानीय सरकारले आयोजना गर्ने भएको छ । स्थानीय फालेलुङ गाउँपालिकाले चौरीको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने ठहर गर्दै पञ्च बर्षिय योजना बनाएर ५ बर्ष भित्रमा बार्षिक १० हजार पर्यटक भित्राउने लक्ष्यका साथ चौरी महोत्सवको जिम्मेवारी स्थानीय सरकारले लिएको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताए । उक्त क्षेत्र नजिकै रहेको भारत तर्फ भने अहिले पनी बार्षिक ४० हजार को संख्यामा पर्यटकले घुम्ने गरेको भारतिय अधिकारीहरु संग तथ्याङ्क रहेको छ । तर सिमावर्ती क्षेत्रमा पर्ने नेपाली भूभागमा भने पर्यटकको उपस्थिती संख्या नगन्य मात्र रहेको छ । लेकाली क्षेत्र रहेको फालेलुङ गाउँपालिकामा २१ गटा चौरी गोठ तथा ५ सय ४ वटाको संख्यामा चौरी रहेका छन् । यहाँ उत्पादन हुने चौरीका उत्पादनहरु अन्तराष्ट्रिय बजार सम्म प्रिय छन् ।

दुर्लभ बन्दै गएको चौंरी पालन व्यवसायको प्रवर्धन गर्ने उदेस्यले चौंरी पर्या पर्यटन महोत्सवको आयोजना गर्न गाउँपालिकाका प्रमुश प्रशासकिय अधिकृत मौसम ढुङ्गेलले बताए । महोत्सवमा स्थानीय संघ संस्था तथा चौरी पालक कृषकहरुले समेत अगुवाइ गरेका छन् । ३ हजार ४ सय मिटर उचाइमा अवस्थित महोत्सव आयोजना स्थल नेपाल र भारतको वेष्ट बंगाल र सिक्किमको सिमाना नजिकै पर्छ । महोत्सवको पाँचथर सहित पुर्वी नेपालका पाँचथर, ताप्लेजुङ, इलाम, झापा, काठमाण्डौ सहित भारतको सिक्किम र दार्जिलिङका वासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारण गरी दुइ हजार बढीले अवलोकन गर्ने आयोजक समितिको आँकलन छ । महोत्सवमा चौंरी पालन व्यवसायलाई आधुनिकिकरण गर्न ज्ञान र सिपको आदान प्रदान सहित चौंरीको दुधवाट निर्मित परिकार, तथा रौं छाला आदीवाट निर्मित सामग्री तथा चौंरीको जीवन चक्रका विषयमा जानकारीमुलक सामग्री प्रर्दशनीमा राखिने भएको छ । १७ लाख लागत अनुमान गरिएको महोत्सवमा नेपाल सहित भारत, भुटान र चिन बाट समेत सहभागीता रहने आयोजक गाउँपालिकाले जानकारी दिएको छ । उच्च पहाडी भेगमा पर्ने चौरी महोत्सव स्थल सम्म जानको लागी भारत तर्फबाट सहज सडकको ब्यवस्था रहपनी नेपाल तर्फको बाटो भने सहज नभएपछी गाउँपालिकाले १७ लाख खर्चेर सडक समेत स्त्तरोन्नती गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार