कोरोनाबाट बच्न गाउँ हिँडेका एक मजदुरको बाटैमा मृत्यु, तीन बालक बाटैमा अलपत्र

टाइम्स ऑफ़ इंडियाको रिपोर्टका अनुसार दिल्ली को एक प्राइभेट रेस्टुरेन्टमा होम डेलिभरी गर्ने मजदूर रणवीरको मृत्यु भएको छ। आगराबाट २०० किलोमिटर हिँडिसकेपछि उनको मृत्यु भएको हो।

तीन बच्चाका पिता रणवीर दिल्लीबाट पैदल नै मध्यप्रदेश जाँदै थिए। प्रहरीका अनुसार रणवीर पैदल हिँड्दा हिँड्दै नेशनल हाइवे-२ को कैलाश मोडमा बेहोस भएर लडेको सिकंदरा प्रहरी थानाका हाउसका प्रहरी अधिकृत अरबिन्द कुमारल बताए। ‘ रणवीर सडकमा बेहोस भएको देखेर एक स्थानीय पसले सञ्जय गुप्ता उनको नजिक दौडिएर पुगेको’ ती प्रहरी अधिकारीले भने।

सञ्जयले उनलाई छेउमा ल्याइ गुन्द्रीमा सुताएका थिए। त्यसपछि उनले चिया बिस्कुट ल्याएर दिए। तर उनले छाती दुखेको भन्दै आफ्नो सालोलाई फोन गरेका थिए। तर उनले बेलुकी साढे ६ बजेतिर यो धर्ती छाडेको प्रहरीको भनाइ छ। Source : Merolagani

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार