आज २२ जेठ (5th Jun. 2021) शनिबारकाे राशीफल

(मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूणर् हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । आजका लागि शुभअङ्क स् ३ र शुभरङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निणर्यात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइनेछ । आजका लागि शुभअङ्क स् २ र शुभरङ्ग स् सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह) कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहने छ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क स् १ र शुभरङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ विष्णवे नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुने समय छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले काम बिगार्ने प्रयास गर्नेछन्, सचेत हुनुपर्छ । प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्तजनबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । आजका लागि शुभअङ्क स् ९ र शुभरङ्ग स् सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । आजका लागि शुभअङ्क स् ८ र शुभरङ्ग स् कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूणर् घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क स् ७ र शुभरङ्ग स् गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते) घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहने छ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । आजका लागि शुभअङ्क स् ६ र शुभरङ्ग स् छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु ) निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । आजका लागि शुभअङ्क स् ५ र शुभरङ्ग स् हलुका नीलो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ । आजका लागि शुभअङ्क स् ४ र शुभरङ्ग स् रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या स् ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । आजका लागि शुभअङ्क स् ३ र शुभरङ्ग स् पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ कार्यविनायकाय नमः न्यूनतम जापसङ्ख्या स् २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द) रोकिएका काम सम्पादन हुनेछन् । पठन-पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क स् २ र शुभरङ्ग स् घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । आजका लागि शुभअङ्क स् १ र शुभरङ्ग स् सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र स् ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या स् ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(ज्यो.पं. – हरिप्रसाद भण्डारी सम्पर्क नं ९८४२१९७३५)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार