नयाँ कुरो समाचार ।। फाल्गुनन्द गाउँपालिकाले खरिद निर्णय गरको ४८ घण्टा नवित्दै स्वास्थ्य उपकरण सहितका स्वास्थ्य सामाग्री गाउँपालिका ल्याइपु¥याएको छ ।
अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर १ थान, थप १० थान अक्सिजन सिलिण्डर, ६० सेट पिपिइ, ५०० थान एण्टिजेन किट, कोरोना संक्रमितको लागि भिटामिन जन्य औषधि र गाउँपालिका भित्र रहेका दिर्घरोगीहरुले खाने औषधी समेत आज साँझ गाउपालिका आइपुगेको हो ।
गाउपालिकाका सुचना अधिकारी राजेन्द्र भट्टराइका अनुसार सोमवार अपराहन्न कार्यपालिकाको वैठक बाट खरिदको निर्णय भएको थियो । सामाग्री अहिले गाउँपालिकामा झरिसकेको छ ।
आज रातीनै सवै सामाग्रीलाइ वडा सम्म पठाउन कर्मचारीहरु लागी परेको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताउनुभयो ।
नागरिकको ज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम भैरहेको गाउपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताउनुभयो ।
हरेक वडाका स्वास्थ्य चौकी मार्फत परिक्षण गर्ने र परिक्षणको दायरा वढाउने उद्धेश्यले आवश्यक सामाग्री खरिदको निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष देवित्रा कुमारी आङदेम्बेको भनाइ रहेको छ ।
गाउपालिकाले लामो समय देखी विभिन्न दिर्घरोगहरुको समस्या भोगिरहेका नागरिकले खाइरहेका औषधि समेत ल्याइदिएपछी लकडाउनको समयमा कहा गएर औषधि किन्ने भन्ने समस्या टरेको नागरिकको प्रतिकृया छ ।