दूरसञ्चार सेवा प्रदायक एनसेलले नयाँ संस्करणको एनसेल एप सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकको सजिलोका लागि सोमबारबाट एनसेल एप सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ ।
मोबाइलमा नयाँ एप डाउनलोड गर्ने प्रत्येक नयाँग्राहकले १ जीबी डेटा निःशुल्क पाप्त गर्ने एनसेलले जनाएको छ ।
त्यस्तै नयाँ एपमार्फत अनलाइन रिचार्ज, भ्वाइस र डेटा प्याकलिन सकिने छ । एपबाटै गुनासो दर्ता गर्न सकिने, सेवा सुचारु र बन्द गर्ने, एनसेलका सबै सेवा तथा सुविधाका बारेमा सेल्फ सर्भिस सुविधा एनसेलले राखेको छ। from:stv














