मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। शुभचिन्तकहरू जुट्नाले चिताएको काम सम्पादन हुनेछ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ। व्यवसायमा दिगो फाइदा हुने काम हातलागी हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा सप्ताहान्तमा भने समस्या देखापर्नेछ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रारम्भमा खर्च बढ्ने हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। सोमवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका काम सम्पादन हुनेछन्। अभिव्यक्ति कला र व्यक्तित्वमा निखारता आउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। सप्ताहान्तमा भने आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सञ्चित कर्मको प्रतिफल प्राप्त हुनेछ। आम्दानी बढ्नाले विभिन्न आवश्यकता पूरा हुनेछन्। तर लाभांश तत्काल खर्च गर्नुपर्ने स्थिति आउला। धन बाहिरिनाले चिताएका काम पूरा गर्न कर्जा वा सरसापट लिनुपर्ने हुन सक्छ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आफन्त र साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। हिम्मत गर्दा चिताएको काम बन्नेछ र अध्ययनमा ध्यान केन्द्रित हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बीचमा केही उतारचढाव आए पनि यो साताको सुरुमा दिगो काम प्रारम्भ हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतीक्षित नतिजा र आकर्षक उपहारले उत्साहित भइनेछ। रोकिएका काम सम्पादन हुनेछन्। तर खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सञ्चित धन खर्चनुपरे पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा पारिवारिक जमघट र खानपानले आनन्द दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो कामको जग बसाउने मौका छ। सप्ताहान्तमा भने आफ्नो आम्दानी अरूका हातमा जान सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रारम्भमा कमजोर शरीर लिएर कठिन काममा जुट्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने हुँदा व्यवहारमा सजग रहनुहोला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। परिबन्धले केही झमेला निम्त्याए पनि हिम्मत गर्दा काम बन्न सक्छ। स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। मिहिनेतले कीर्ति राख्ने अवसरसमेत प्रदान गर्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। रमाइलो यात्राका बीच महत्वपूर्ण भेटघाट हुने सम्भावना छ। व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। बीचमा अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। कामको बोझ थपिनेछ भने परिस्थितिले संघर्षको यात्रामा अग्रसर गराउनेछ। तापनि बिहीवारपछि भाग्यले साथ दिनेछ र शुभचिन्तकहरू जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। सप्ताहान्तमा अधुरा काम बन्नेछन्। आफन्तबाट भने केही धोका हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मिहिनेतले अवसर दिलाउनेछ भने प्रतिद्वन्द्वीहरू पछि पर्नेछन्। रोकिएका काम बन्नाले आम्दानी बढ्नेछ। सरल जीवनशैलीले अरूलाई प्रभावित बनाउन सकिनेछ। खर्च लागे पनि विलासी वस्तुहरू जुटाउन सकिनेछ। रमाइलो यात्रा गर्ने असवर पनि प्राप्त हुनेछ। बिहीवारपछि परिबन्धले केही झमेला निम्त्याउन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। सप्ताहान्तमा शुभचिन्तकहरूले साथ दिनेछन् र चिताएको लाभ उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। पेसामा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। व्यापारमा मनग्गे धनलाभ हुनेछ। केही खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथीसँग वादविवाद हुन सक्छ। तापनि मित्रता र प्रेमको गाँठो कसिने सम्भावना छ। सप्ताहान्तमा भने अर्थ अभावले सताउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। काम बिग्रने भयले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। मंगलवारदेखि स्थितिमा केही सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आफ्ना योजना सार्वजनिक नगर्नुहोला। आँट गर्दा दैनिकीले उचाइको बाटो समाउनेछ। सप्ताहान्तमा प्रेमको बन्धन कसिन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बीचमा केही उतारचढाव आए पनि यो सातामा पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनेछन्। विशेष अवसरले ठूलै काममा हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर छ। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला। प्रयत्न गर्दा अध्ययन, कृषि र पशुपालनमा फाइदा हुनेछ। आँटेको काम बन्नाले मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आर्थिक रूपमा मनग्ग्गे फाइदा हुनेछ। जुझारू कार्यशैलीले विशेष अवसर दिलाउनेछ भने पुरुषार्थ देखाएरै लाभ हातपार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन्। आफन्तको सहयोगले फाइदा दिलाउनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। बिहीवारपछि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन जुटाउन सकिनेछ। बुद्धिको उपयोगले काम बन्नेछ। (नेपाली पात्रो)