पाँचथर : पाँचथरको फाल्गुनन्द गाँउ पालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टि नेकपाका बीरवहादुर कुरुम्वाङ निर्वाचित भएका छन । प्रतिश्पर्धी कांग्रेसका बृजहाङ आङदेम्वेलाइ ८ सय ६ मतले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

कुरुम्वाङले ५ हजार ३ सय ६९ मत प्राप्त गर्दा आङदेम्वेले ४ हजार ५ सय ६३ मत पाएका थिए ।

यसअघि कांग्रेसका तर्फवाट गाँउ पालिका अध्यक्षमा निर्वाचिन अम्वरकुमार नेम्वाङको निधन भएपछि उक्त गाँउ पालिकामा उप निर्वाचन भएको हो ।

यस्तो छ दलहरुले पाएको मतको विस्तृत विवरण
फाल्गुनन्द गाउँपालिकाकाे अन्तिम मत परिणाम
जम्मा मतदाता 16577
खसेकाे मत 10814
नेकपा बीरबहादुर कुरुम्बाङ (सुर्य) नेकपा 5369 विजयी
नेपाली काँग्रेस बृजहाङ अाङदेम्वे (रुख) 4563
समाजवादी बिमला अाङदेम्वे (पञ्जा) 320
राप्रपा शुसुहाङ चेम्जाेङ (गाई) 28
हलो 75
दाप सहीतको खुकुरी 240
घर 28
भाले 12
बदर मत 179