पाँचथर जिल्लाका तिन स्थानीय तह मध्ये सदरमुकाम फिदिम नगरपालिकाको वडा नं. १ मा नेकपाका उम्मेद्धार गजाधर भटराइले निकटम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्धार सुबराज थापालाई पराजित गर्दै निर्वाचित भएका छन् ।

भटराइले १४ सय ४६ मत प्राप्त गर्दा थापाले ९ सउ ७२ मत प्राप्त गरेका हुन् । यस्तै हिलिहाङ गाउँपालिका वडा नं. ७ मा नेपाली कांग्रेसका उम्मेद्धार तिलविक्रम इधिङगोले नेकपाका उम्मेद्धार गेहनाथ रिजाललाइ पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेद्धारले ८ सय ४२ मत प्राप्त गर्दा नेकपाका उम्मेद्धारले ८ सय १२ मत प्राप्त गरेका हुन् । यस्तै फाल्गुनन्द गाउँपालिकामा समेत मतगणना प्रकृया प्रारम्भ भएको छ ।

यस्तो थियो विगतका अवस्था ः फाल्गुनन्द गाउँपालिकामा नेपाली कांग्रेसबाट अमरकुमार नेम्वाङ विजयी भएका थिए । भन फिदिम नगरपालिका वडा नं. १ मा समेत नेपाली कांग्रेसकै हर्क मोक्तान ५ मतले विजयी भएका थिए ।

यि दुवै वडामा हालका नेकपाका अध्यक्षका उम्मेद्धार बिर ब. कुरुम्बाङ (फाल्गुनन्द) र गजाधर भटराइ (फिदिम) तत्कालिन एमालेबाट निकटतम प्रतिद्धन्द्धीको रुपमा पराजित भएका थिए ।

यता हिलिहाङ गाउँपालिकाको वडा नं. ७ मा भने तत्कालिन एमालेका तिर्थ तिम्सिना वडाध्यक्षमा निर्वाचित भएका थिए । तिनै स्थानका प्रमुखहरुको मृत्यू भएका कारण पाँचथरमा उपनिर्वाचन भएको हो ।