पाँचथरवाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एकमात्र सांसद वशन्तकुमार नेम्वाङलाई मन्त्री मण्डल पुर्नगठनमा पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मण्डल पुर्नगठन गरेसँगै नेम्वाङलाई उक्त मन्त्रालयको जिम्मा दिइएको हो । नेम्वाङ पछिल्लो पटक पाँचथरबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने एकमात्र सांसद हुनुहुन्छ । उहाँ २०४८ र २०५४ सालमा पनि सांसद बन्नुभएको थियो ।

उर्जा जलस्रोत र खेलकुद क्षेत्रमा निक्कै राम्रो दख्खल राख्ने नेम्वाङ मन्त्री भएपछि जिल्लावासीमा खुशीयाली छाएको छ।

पञ्चायत कालमा पद्यम सुन्दर लावती र २०१५ सालको मन्त्री मण्डल गठनका क्रममा फुल मन्त्री भएका प्रेमराज आङदेम्वेपछि पाँचथरबाट दिपकप्रकाश वास्कोटा,श्रीप्रसाद जवेगु र डम्वरसिंह सम्वाहाम्फे राज्य मन्त्री भएका थिए । अहिले नेम्वाङलाई यातायात मन्त्रालयको जिम्वा दिइएको हो ।