उदयपुरको बेलका नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ। नगरपािलकाकको वडानमुबर-४ स्थित लालबजारमा ढुंगा उत्खनन विवादलाई लिएर मंगलबार बिहान झडपपछि स्थानीयले चक्काजाम समेत गरेका छन्।

चक्का जामका कारण एम्बुलेन्सबाहेक अन्य सवारी साधन चलेका छैनन्। झडपमा प्रहरीले झण्डै आधादर्जन अश्रु ग्यास प्रहार गरेको छ।

सिसुवा खोलाबाट नियमविपरित ढुंगा लगेको भन्दै स्थानीयले लोड गरिएको २० वटा टिपर र एउटा स्काभेटरलाई नियन्त्रणमा लिएका थिए। प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनसरा नगरपालिका र स्थानीयबीचको छलफल नमिलेपछि टिपरलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालयमा पुर्याएर राखिएको छ।

स्थानीयका अनुसार सोमबार नगरपालिकाका प्रतिनिधि र स्थानीयबीच छलफल पछि सिसुवा खोला र गिदेरी खोलाबाट ढुंगा उत्खनन् स्थगन गर्ने सहमति भएको थियो। त्यसपछि टिपरमा लोड गरिएको ढुंगा त्यही खन्याउने र बिक्रिमा लैजाने विषयमा विवाद कायम रहेको थियो।

छलफलमा सहभागी रमेश आचार्यका अनसरा छलफल नमिलेपछि नगरपालिकाले विषय टुंगो लगाउने जिम्मा जिल्ला प्रशासन कार्यलयलाई दिने भन्दै पन्सिएको थियो।

प्रमुख जिल्ला अधिकारी खड्काले सात दिन भइसक्दा पनि टिपर रोकेर राखेकोपछि कानुनअनुरूप नै सोमबार राति टिपरलाई जिल्ला प्रहरी कार्यालय ल्याएको दावी गरे।

गत भदौमा नगरपालिकाले खोलाको ढु‌‌गा बालुवा उत्खनन्का लागि बीपी कन्स्ट्रक्सनलाई ३ करोड ७६ लाखमा ठेक्का दिएर सम्झौतासमेत गरेको थियो। नदी दोहनले पछि विपत्ति निम्तिने भन्दै स्थानीयले खोलाबाट ढुंगा उत्खनन रोक्न माग गरेका थिए।

स्थानीयले राखेकोद् मागलाई नगरपालिकाले बेवास्ता गरिरहेको छ भने प्रमुख जिल्ला अधिकारीसहित प्रशासन पक्षले पनि नगरपालिकाको सम्झौतालाई सहयोग गरिरहेका छन्। त्यसैले नदि दोहन रोक्ने काममा स्थानीयबासि मात्र भएका छन्।