संखुवासभा, असोज २० गते । संखुवासभाको धर्मदेवी नगरपालिका ८ स्थित अक्कर भिरमा खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी सडकबाट तल झरी दुर्घटना भई बेपत्ता भएका ६ जना मध्ये १ जनालाई मृत अवस्थामा फेला परेका छन् ।

गत भाद्र ३१ गते राती पौने ११ बजेको समयमा बिरामी बोकेर उपचाराको लागी आउदै गर्दा भिरबाट खसेको बुलेरो अरूण नदिमा डुबेर ६ जना बेपत्ता भएका थिए ।

आज बिहान धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमार स्थित अरुण नदिको किनारमा स्थानीय मानिसले महिलाको शव फेला पारेका थिए ।

घटनाबारे प्रहरीलाई जानकारी गराउनासाथ तत्काल प्रहरी चौकी चानुवा धनकुटाबाट प्रहरीको टोली खटि शवको हुलीया लिई आफन्तलाई जानकारी गराउनासाथ घटनास्थलमा आएका आफन्तले शवको पहिचान गरी उक्त मृत महिला खाँदबारी नगरपालिका ९ ढुङगेधारा बस्ने बर्ष २३ को सदिछा श्रेष्ठ भएको बताएपछी घट्नास्थल मुचुल्काको लागी जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि गएको उक्त कार्यालयले जनाएको छ ।