बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन् । करिना आफ्ना छोरा तैमुरको केयरिङ आमा मात्रै होएनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन् ।

करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् ? करिनाले भनिन्, ‘सोसल मिडियाको नकारात्मक असरबाट छोरी सायरालाई टाढा राख्न दिदीकरिश्मालाई बारम्बार सम्झउने गरेकी छु र समायरालाई ज्यादा सोसल मिडिया प्रयोग गर्नबाट रोक लगाउनुपर्छ ।’

करिनाले भनिन्, ‘करिश्माकी १४ वर्षकी छोरी छन् । उनी प्रायः सोसल मिडियामा व्यस्त रहन्छिन् । मैले लोलो (करिश्मा)लाई यो सब कम गर्न भनेकी छु । सोसल मिडियाको चक्करमा घन्टौं एकै ठाउँमा बसिरहनु राम्रो होइन ।’ अन्नपूर्णपोस्टमा खबर छ ।