प्रहरीले शनिबार राति गोगंबु नयाँ बसपार्क वरपरका होटल तथा लजमा छापा मारेको छ । होटल तथा लजमा छापा मार्दा अनैतिक कार्य गरिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले टोखामा जुवा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० पुरुष र ४ महिला छन् ।

टोखा नगरपालिका वडा नम्बर ९ स्थित पूर्वेली खाजा घरबाट ५ जना पक्राउ गरेका छन् । कल्पना लिम्बूले सञ्चालन खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ५ जनालाई ११ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

टोखा नगरपालिकाको वडा नम्बर ९ म्याग्दीचोकस्थित प्रेम गौचनको घरबाट ९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई ८७ हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । smart khabar