ताप्लेजुङमा एक जना महिला मृत फेला परेकी छिन् । मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउकी सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजे मृत अवस्थामा फेला परेकी थिइन् ।

को मिक्वाखोला गाँउपालिका(१ बेसि गाँउ बस्ने ५५ बर्षीया सन्जमाया तामाङ खोलाले बगाई बेपत्ता भएकोमा सोही दिन साझँ ५ बजेको समयमा मृत अवस्थामा फेला परेकी छिन ।

शनिबार बिहान पउने १२ बजे सन्जमाया ताप्लेजुङकै दोभान मेरिङदेन गाँउपालिका(३ स्थितमा रहेको मैवाखोला नजिक हिड्दै गर्दा ढुङ्गाबाट चिप्लिएर लड्दा सोही खोलाले बगाएर उनि बेपत्ता भएकी थिईन ।

उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा फुङलिङ नगरपालिका-३ र तेह्रथुमको आठराई त्रिवेणी गाउँपालिका(३ तमर नदिको बिचमा ढुङ्गामा अड्कीएर मृत्यु भएको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

purbelinews