महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वा्धिक भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५०० पुगेको हो । कारागारको १६३ वर्षको इतिहासमा कैदीबन्दीको यो सङ्ख्या अहिलेसम्मकै सर्वा्धिक भएको कारागार प्रशासनले जनाएको छ ।

जम्मा १३५ कैदीबन्दी राख्ने क्षमताको कारागारमा अहिले पुरुष कक्षमा ४५१ र महिला कक्षमा चार आश्रित बालबालिकासहित ४९ कैदीबन्दी छन् । यसअघि विसं २०३५र३६, २०४६र४७ र २०६२र६३ को ऐतिहासिक आन्दोलनमा व्यापक राजबन्दी राखिएको बाहिरी चर्चा सुनिए पनि त्यसताका ३०० कैदीबन्दीको सङ्ख्या नबढेको कारागार अभिलेखले देखाएको छ ।

तर, अहिले कुनै राजनीतिक वा सामाजिक उथलपुथल नभएको सामान्य अवस्थामै कैदीबन्दीको सङ्ख्या ५०० पुगेको हो । क्षमताभन्दा झण्डै चौबर बढी सङ्ख्याका कैदीबन्दी राख्नु पर्दा सुत्ने, बस्ने, खाना पकाउने र सामान्य व्यायाम गर्ने ठाउँको व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेकोे कारागार प्रमुख कन्हैयाकुमार मिश्रले बताउनुभयो ।

उहाँको प्रश्न थियो, “अब भन्नुस्, १३५ राख्ने ठाउँमा ५०० राख्नु परेपछि के हालत होला । रु” “सधैँ कोलाहल नै हुन्छ”, कारागार प्रमुख मिश्रले भन्नुभयो, “विगतमा महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार भए पनि पछिल्लो समयमा सर्लाही जिल्लाका न्यायिक कार्यालयले पनि कैदीबन्दी यहीँ पठाउँदा सङ्ख्या निकै बढेको छ ।” कारागारमा सबैभन्दा बढी कैदीबन्दी धनुषा जिल्लाका छन् ।

कारागारमा थुनुवाको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि छ । समयमै मुद्दा छिनोफानो हुन नसक्दा थुनुवाको सङ्ख्या बढेको कारागार प्रशासनको ठम्याइ छ । दिनहुँ कारागारमा थपिने थुनुवा नै हुने गरेका छन् । कैदी त कारागारमै छँदा मुद्दा फैसला भएका वा देवानी (लेनदेनसहित) मुद्दाका केहीमात्र आउने गरेका कारागारका सूचना अधिकारी मकसुधन महासेठको भनइ छ ।

“फौजदारी मुद्दाका कैदी धेरैजसो पहिलेदेखि नै पुर्पक्ष थुनामै रहेका हुन्छन्, फैसला भएपछि कैदी बन्ने हुन्”, सूचना अधिकारी महासेठले भन्नुभयो, “अन्य कारागारबाट सरुवा भई आउने र देवानी मुद्दाका मात्र केही कैदी बाहिरबाट आउँछन् ।” न्यायिक निकायमा मुद्दा चाँडै किनारा लाग्नसके थुनुवाको सङ्ख्या घट्ने उहाँको बुझाइ छ ।

कारागारमा कैदीबन्दीको चापले बस्न, सुत्नसँगै खानपिन र दैनिक नित्यकर्म ठिक समयमा हुन नसक्दा बिरामी हुने क्रम बढेको छ । जीउभरि खटिरा आउने, जीउ चिलाउने र लुतो आपूmहरुको ९कारागारका कैदीबन्दीको० साझा रोग नै बनेको पुरुष कक्षका एक कैदीले बताए ।

“न राम्ररी सुत्ने ठाउँ छ हजुर, न ठिक समयमा दिसा पिसाव र न्वाइध्वाइ गर्न पाइन्छ”, ती कैदीले बिरक्तिदै भन्नुभयो, “नापेको चार हातमा गुडुल्किएर रात काट्नुपर्छ, रातभरि ऐयाआथुको कोलाहल हुन्छ, कतिखेर निदाउनु रु” ।

छालाको समस्याबाहेक श्वासप्रश्वास ९बोलीचालीमा दम्मा० र खोकी पनि कारागारभित्रको आम स्वास्थ्य समस्या रहेको कारागारका स्वास्थ्यकर्मीे नै स्वीकार गर्छन् । भर्खरै केही दिन पहिले मात्र भाइरल ज्वरोले १०० भन्दा बढी कैदीबन्दी बिरामी भएका थिए ।

कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाप गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवं सुत्न बस्न नै ठाउँ नपाइँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदीबन्दीको गुनासो छ ।

नियमित सरसफाइ गर्न नपाइएर नापेर दिएको चार हात जमीन ९लम्बाइ० मा खाँदिएर बस्न सुत्न पर्दा निकै सकस परेको आम कैदीबन्दी बताउँछन् ।

श्वासप्रश्वास, खोकी, निमोनिया र चर्मरोगका बिरामीको उपचार राम्रो नहुँदा आपूmहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको लाग्न थालेको नाम बताउन नचाहने पुरुषकक्षका अर्का एक थुनुवाले टिप्पणी गरे ।

कारागारमा कैदी÷थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानूनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदीबन्दीको भनाइ छ ।

कारागार प्रमुख मिश्रले पनि कैदीबन्दीको यो गुनासो स्वीकार गर्नुभएको छ । “कारागारमा दिनहुँ कैदीबन्दीचाहिँ आइरहन्छन्”, प्रमुख मिश्रले भन्नुभयो, “तर, कैदीबन्दी थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च भने ठिक समयमा कहिल्यै आउँदैन, कैदीबन्दीको कोपभाजनमा कारागार प्रशासन पर्छ ।”

कारागारको महिलाकक्षमा एक÷एक धारा र शौचालय मात्र छ । यस कक्षका ४९ ले पालो मिलाएर दिसा–पिसाव र न्वाइध्वाइ गर्नुपर्छ । त्यसैगरी पुरुष कक्षमा आठ शौचालय र धारा भए पनि सबै सधैँ प्रयोगमा हुँदैनन् ।

दिसापिसाव गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीले गुनासो गरेका छन् । “के गर्नु हजुर।।।१ नुहाउन नपा’को कति दिन भइसक्यो” करीब ६० वर्ष उमेरका ती कैदीले आफ्नो लुङ्गी उचाल्दै घाउ÷खटिरा देखाउँदै भने, “आफैँले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुनेभो ।”

कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीबन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँपटक आग्रह गरिए पनि थपिने मात्र गरेको कारागार प्रशासनले जनाएको छ ।

विसं १९१३ मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएका यो कारागार त्यसयता मर्मतसम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ । अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इँटा झर्ने र छतका सिमेन्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको आम कैदीबन्दी बताउँछन् ।

सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा सामान्य वर्षामै कैदीबन्दीको बिचल्ली हुने गरेको छ । गत असार मसान्तताकाको बाढी डुबानले १५ दिनसम्म उभिएरै दिन काट्नुपरेको कैदीबन्दी सम्झन्छन् ।

कारागारमा नगरभरिको सोहोरिएर आएको हिलो दुर्ग्न्धित फोहर १५ दिनसम्म नसुक्दा सातु, चाउचाउ र भुजाजस्ता तयारी खानेकुरा नै खाएर बिताइएको कैदीबन्दीको भनाइ छ ।

प्रत्येक वर्ष बर्खाकालमा यस्तो बिजोग काट्नु परेपनि कारागार परिसरमा थुप्रिने नगरको फोहर निकासको स्थायी समुचित व्यवस्था भने भएको छैन ।

सामान्यतया कारागारलाई सुधारगृह भनिने गरिए पनि महोत्तरी कारागार भने यातनागृह बनेको मानअधिकारकर्मी टिप्पणी गर्छन् ।

कानूनअनुसार थुना वा कैद बस्ने कुरा स्वभाविक भए पनि यहाँ ल्याइसकेपछि मानवोचित बसोबास, खानपिन र उपचार ठिक तरिकाले पाउनु कैदीबन्दीको अधिकार भएको मानवअधिकारवादी संस्था इन्सेकका जिल्ला प्रतिनिधि अजय साह बताउनुहुन्छ ।

राज्यका जिम्मेवार निकायले यसको तत्काल सम्बोधन गर्नपर्ने जिल्लाका सञ्चारसम्बद्ध र मानवअधिकारसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।

radioNRN बाट