पाँचथर ।। बिप्लब नेतृत्वको नेकपा पाँचथर सचिव विजय नेम्बाङ पक्राउ परेका छन् । उनी माथी स्थानिय तह प्रमुख तथा उद्योगी व्यवसायी, ठेकेदार, गैह्रसरकारी संघ संस्था लगायत विभिन्न व्यक्तिहरुलाई फोन गरी चन्दा मागेको आरोप रहेको प्रहीले जनाएको छ ।

गत भाद्र २४ गते जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले नेम्बाङलाइ फिदिम नगरपालिका वडा नं. १४ स्थित लुङरुपा भन्ने स्थानबाट पक्राउ गरेको पाँचथर प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका नेम्बाङलाई पाँचथर जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।