नयाँ कुरो समाचार ।। पाँचथरको फिदिम नगरपालिका-८ घलेगाँउका ५५ बर्षीय सनम गुरुङले आफैले आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् । आज बिहान साँढे ९ बजेको समयमा आफै सुत्ने कोठामा धारिलो हतियार बाम्फोकले आफ्नै घाँटी रेटेको प्रहरीले जनाएको छ ।

उनको आत्महत्याको खबर लगत्तै अस्थायी प्रहरी चौकी तमाखेबाट घटनास्थल पुगेको प्रहरी टोलीले गुरुङलाई मृत अवस्थामा फेला पारेको थियो ।

हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली घटना स्थल पुगेर थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।