भदाै २३: त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आज(सोमवार) बिहान १ किलो ४ सय ग्राम सुनसहित तीन जनालाई प्ररीले पक्राउ गरेको छ । कतारको दोहाबाट हिमालय एयरलाइन्सको जहाजमा काठमाडौं आएका होमबहादुर गुरुङ र उक्त सुन लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कस्ट अन एरियामा जाँचका क्रममा तनहुँका होमबहादुर पक्राउ परेको प्रहरीले जनाएको छ। उनले मसला पिँध्ने ओखलमा उक्त सुन लुकाएर ल्याएका थिए । त्यस्तै उक्त सुन लिन पुगेका मोरङका अनिल लुइँटेल र भोजराज घिमिरेलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस

चिनियाँ विदेश मन्त्री आज दिनभरी भेटघाट र बैठकका व्यस्त हुने, यस्तो छ तालिका

नेपाल आउनु भएका चीनका विदेशमन्त्री वाङ यी आज दिनभर भेटघाट, बैठक र विभिन्न कार्यक्रममा व्यस्त रहनुहुने भएको छ । पाकिस्तानको भ्रमण सकेर वाङ तीन दिने नेपाल भ्रमणका लागि हिजो बेलुका काठमाडौ आइपुग्नु भएको हो ।

वाङले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीर्ष नेता तथा सरकारी उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम छ । उहाँले प्रधानमन्त्री ओलीलाई बेलुका पाँच बजेदेखि पौने छ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमै शिष्टाचार भेटघाट गर्नुहुने भएको छ ।

त्यसपछि ६ बजेदेखि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उहाँले शितल निवासमा शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने समकक्षी वाङलाई आजै रात्रिभोजको आयोजना गर्नु भएको छ । रात्रिभोजमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू, दुवैतर्फका कूटनीतिक नियोगका प्रमुखहरूसहितका अधिकारी सहभागी हुने भएका छन् ।

चिनियाँ विदेश मन्त्री वाङ नेतृत्वको १९ सदस्यीय भ्रमण टोलीले भोली विहान नौ बजे पुर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई र विहान ११ बजे पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबालाई उहाँकै निवासमा भेट्ने कार्यक्रम छ । टोली भोली नै दिउसो एक बजे चीन फर्किने छ ।

बैठक तथा भेटघाटहरुमा उहाँहरु बीच चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बारेमा कुराकानी हुने बताइएपनि भ्रमणको अहिलेसम्म टुंगो लागेको छैन ।

राष्ट्रपति सि नेपाल आउने तयारीमा रहेको दावी नेपाल पक्षले गरेपनि चिनियाँ पक्ष भने अहिलेसम्म मौन रहेको छ । बरु केही नयाँ सम्झौता गर्ने र विगतका सम्झौताहरुको समिक्षा गर्दै कार्यान्वयनको प्रतिबद्धता फेरी जनाएर बैठक सकिने देखिएको छ ।

केहि नयाँ सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्न तथा पुराना सम्झौताको समिक्षा गर्न आज दिउसो साढे ३ बजे होटल याक एण्ड यतीमा नेपाल चीन बार्ता हुने तय भएको छ ।

चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङ अहिले झण्डै पाँच बर्षपछि नेपाल आउनु भएको हो । नेकपा सरकार गठन भएपछि चीनको तर्फबाट भएको यो नै सवै भन्दा उच्चस्तरीय भ्रमण हो ।

radioNRN बाट