फेस बुक चलाउदै थिए एक जना साथी ले एउटा पोस्ट सेयर गरेको रहेछ । पोस्ट प्रेम यात्रा थियो । शीर्षक ` सुरुवात पछिको अन्त्य ´ । पढ्न मन लाग्यो अनि पढ्न थाले । थोरै थियो तर मन छुने थियो १०/१५ मिनेट मा पढेर सकाए । यात्रा पोखरा को टुर बाट सुरु हुन्छ । जस्मा प्रमुख भुमिका छाया , सुमन र सुस्मिता को हुन्छ । छाया र सुस्मिता अति नै मिल्ने साथी हुन्छ खादा होस या सुत्दा वा जता गएनी संगै । अनि सुमन हुन्छ जो अति नै चुल्बुले स्वभाव को हुन्छ।

जति खेरै रोमान्टिक मुडमा हुन्छ । हप्ता दिन को टुर सकेर टुर बाट फर्किने क्रममा सुमनले सिट पाएको हुदैन । सबै लाई दिक्कै लगाइ सकेको हुन्छ । मानौ उ संग बस्दा दिमाग खाने खाल्को बनाइ दिई सकेको हुन्छ । सकैले आफ्नो छेउ मा बस्न दिदैन थियो जादा २/३ जना बसेर गएता पनि सिट पाएन । सुमनले सरलाई भन्छ तर सर पनि त्यस्तै खाल्को हुन्छ । सरहरु लाई पनि दिक्क नै लागि सकेको हुन्छ अनि सरले भन्नू हुन्छ :- सुमन तिमि ले सिट पाएनौ रे ! त्यसो हो भने जो राम्री लाग्छ त्यसैको छेउ मा बस जाउ भन्छ अनि सुमन सबै लाई हेर्छ र छाया को काखमा गएर बस्छ ।

छाया रिसाउछे र सुमन लाई कुट्छे । अनि सुमन को डाइलोक :- साथी को साथ राम्रो । केटिको यो हात राम्रो ।। अलि अलि रिसाउने । यहि नानी को मात राम्रो ।। डाइलोक सुनेर सबै हास्न थाल्छ । सुस्मिता र छाया ठाँउ परिवर्तन गर्छ र छाँया लाई झ्याल तिर सार्छ । अनि सुमन लाई बस्न दिन्छ । त्यति कै त्यतिकै मा जिस्किने जिस्काउने क्रममा केही दिन मै छाया र सुमन को माया प्रेम को कहानी सुरु हुन्छ अनि एक दिन सुमन काम बिशेष कारण टाढा जानू पर्ने हुन्छ तर छाया लाई भन्न सुनाउन पाउदैन । फोन अफ हुन्छ सुमन को । छाया ले धेरै फोन गर्छ तर लाग्दैन । केही दिन पछि काम सकेर सुमन घर फर्कन छ । तर सुमन छाना बाट खसेको अनुभुती गर्छ ।

छाया को हात मेहेन्दी र सिउदो मा सिन्दुरको साथ घाटिमा तिल्हरी देख्छ । सुमन पागल जस्तै हुन्छ । सुमन कै अगाडि बाट बाइक मा अङ्गालो मा बाधिएर जान्छ । सुमन को मन मा एक प्रस्न ले बाँस गर्छ के छायाले देखाउन लाई नै यस्तो गरेको हो त ? तर किन यस्तो? प्रस्न प्रस्न प्रस्न ले नै घर पुग्छ छायालाइ फोन गर्छ तर लाग्दैन सुस्मिता लाई फोन गर्छ । सुस्मिता लाई सोध्दा अनौठो कुरा सुनाउँछ । छाया लाई खै कस्ले हो सुमनले केटि भगायो भनेर सुनाए छ अनि मलाई सुनाउदै रुदै थिइ तिमी लाई कत्ती फोन गर्यो तर फोन तिम्रो अफ थियो । छाया पनि कत्ती दिन कलेज आइन तर आउन त आइ यस्तो भएर आइ । कसैले सोचेको थिएन । कसैलाई बोलाएन मलाइ पनि ।

सुमन सिनेर कुरा पेटमा रोप्छ छुरा । परिवारले हस्पिटल लान्छ र सबै साथी आउँछ भेट्न तर छाँया आउदिन । सुस्मिता दिन रात सुमन संगै बस्छ हस्पिटल मा सुमन को हेरचाह गर्छ । १५ दिनको हस्पिटल बसाइ पछि सुमन लाई डिस्चार्ज गर्दिन्छन । सुस्मिता सुमन को घर मै गएर फेरि केही दिन हेरचाह गर्छिन । यो सब देखेर केही दिन पछि सुस्मिता को घर सुमन को बुबा आमा जान्छ । सुस्मिता को बुबा र सुमन को बुबा सानै देखि को साथी हुन्छ । र सुमन को लागि सुस्मिता को हात माग्छ । सानै देखिको साथी भएको कारण ले केही समस्य उत्पन्न हुदैन सिर्फ सुमन र सुस्मिता को निर्णय लिन बाकी हुन्छ । दुबै को सहमती मा बिहे हुन्छ ।

सुस्मिता ले सुमन लाई कलेज को सुरुवाती दिन देखि नै मन पराएको हुन्छ तर कसैलाई सुनाएको हुदैन । बिहे मा सबै लाई बोलाउछ छाया लाई पनि तर उ आउदिन । केहि दिन केहि रात केही हप्ता केही महिना हुदा हुँदै बरसौ बित्छ अनि एक दिन छाया संग सुमन को आम्ने साम्ने भेट हुन्छ र दुबै मौन हुन्छ । केही बेरको हेरा हेर पछि सुमन बोल्छ :- के छ छाया तिम्रो हाल खबर ? छोरो त ठुलै भै सके छ ? छाया :- ठिकै छ सुमन तिम्रो सुनाउ र सुस्मिता को के छ नि के गर्दै छे ? छोरा लाई स्कुल बाट ल्याएको । सुमन हास्दै भन्छ :- सबै ठिकै छ छाया अनि हाम्रो बिहेमा आएनौ नि ? बाटो मा गफ गर्दै हिडिरहेको हुन्छ । छायाले बहाना बनाउदै भन्छ :- छोरो बिरामी थियो हस्पिटल मा थियौ त्यो दिन त्यस्तै समस्य आयो आउनै पाइन । रिसाएयौ होला है ? सुमन :- म त रिसाए पनि त्यही नै हो छाया तर सुस्मिता चै अलिक बढी नै रिसाइ होला तिम्रो नाम नै लिदिन त्यति किन हो मैले सोध्दा पनि नसुने जस्तो गर्छे ।

छाया :- सुमन तिमी जुन दिन हराएको थियौ नि तिमी लाई धेरै फोन गरे तर लागेन सुस्मिता लाई सुनाए सुस्मिताले पनि धेरै पट्क ट्राइ गर्यो रे । दुख पोख्छे तर सुमन मैले भन्दा तिमी लाई सुस्मिता ले धेरै माया दिएको जस्तो छ मोटाएछौ । मुस्कुराउदै भन्छे । मलाइ थाहा भयो सुमन तिमी लाई सुस्मिताले कत्ती माया गर्छ भन्ने कुरा । सुमन : कसरी छाया ? छाया :- पछि भन्छु फुर्सद मा । छाया को घर आइ पुग्छ । छाँया ले सुमन लाई भित्रै बोलाउ छ । बस्न दिन्छेर चिया बनाउन भान्सा तिर जान्छे । सुमन ले छोरा लाई सोध्छ बाबू तिम्रो नाम ? सुमन बास्तोला मामा । सुमन हाछ र भन्छ :- बाबू मामा रे कसरी मामा ? ममिले भन्नू भको । तपाइको फोटो ममि को मोबाइल मा छ ममि ले देखाउनु भको । बेला बेला फोटोहरु हेर्दै रुनु हुन्छ ममि अनि सोध्दा घर को अनि तेरो मामा को याद आयो भन्नू हुन्छ । सुमनले सोध्छ फेरि :- बाबू बुबा चाहिँ खै नि ? छोरा ले भन्छ बुबा हुनुन्न मामा रक्सी खानु हुन्थ्यो रे एक्सिडेन्ट् मा बित्नु भयो रे त्यति कैमा छाया आउछे चिया लिएर । छायालाइ सोध्छ छाया ले पनि यहि भन्छ ।

अनि सुमन ले भन्छ :- छाया तिम्रो छोराले त मलाई मामा पो भन्छ त के हो मुस्कुराउदै सोध्छ । छाँया मौन नै हुन्छे । र चिया खाइ सकेर सुमन त्यहा बाट फर्किन्छ । छाँया ले भन्छ सुमन घर त देखि नै हाल्यौ आउदै गर्नु यता आएको बेला । सुमन हुन्छ आउला भन्दै जान्छ । घर पुगेर सुस्मिता लाई सुनाउँछ छाया लाई भेटेको कुरा सबै । सुस्मिता :- सुमन तिमी लाई एउटा कुरा सोध्न मन लाग्यो ? निरास हुँदै सुस्मिता ले सोध्छ । सुमन :- के कुरा भन सुस्मिता ? सुस्मिता :- यदि फेरि तिम्रो जिन्दगी मा छाया आइ भने के गर्नु हुन्छ ? सुमन अन्योल मा पर्छ र भन्छ :- छोड्देउ त्यस्ता कुरा । त्यो कुरा त्यहि सकिन्छ । केही दिन पछि फेरि भेट हुन्छ अनि फेरि गफ सुरु हुन्छ ।

त्यस्तै नर्मल कुरा हरु बाट सुरु हुन्छ । छाया ले सोध्छी :- सुमन अनि तिम्रो छोरा कि छोरी छ नि ? सुमन ले भन्छ :- छोरी छे ५ बर्स कि भै । छाया :- ए ठुली नै भए छ त । नाम के राखेउ त? सुमन :- माया सुस्मिता ले राखेको । छाया:- राम्रो रछ नाम । त्यति कैमा सुस्मिता आउँछ छोरी लाई लिएर भेट हुन्छ अनि हाइ हेल्लो हुन्छ छाया र सुस्मिता बिच । अनि केही बेर को कुरा कानी पछि आ-आफ्नै बाटो लाग्छ । सुमन गहि रहन्थ्यो त्यो ठाँउ त्यो गाउँ हेर्न लाई भए नि छाया लाई । कहिले भेट् हुन्थ्यो त कहिले त्यतिकै फर्किन्थ्यो ।

एक दिन घरै जान्छ । छाया लाई भेट्छ । गफ गफ मै भावुक हुदै सुमन ले भन्छ :- छाया एउटा कुरा सोधु ? छाया :- के कुरा ? सुमन :- म लाई छोड्नु को कारण प्लिज छाया मैले त्यस्तो के भुल गरे को थिए प्लिज भन ? छाया ले भन्न चाहदैन बहान बनाउछ अनेकौ तर अन्त्य मा कुनै सीप नलागेर भन्न बाध्य हुन्छ र भन्छ :- तिमी गायप भएको केही दिन पछि सुस्मिता को फोन आयो तिमिले बिहे गर्यौ रे । सुस्मिता ले भन्यो मैले बिस्वास गरिन ।

तिम्रो फोन पनि लागेन । घर बाट अर्कै सङ बिहे फिक्स गरि दियो । सुस्मिता लाई सुनाए सुस्मिता ले पनि सुमन ले बिहे गरि सक्यो तिमी अझै उसैलाई पर्खछौ । उसले बिहे गर्यो अब तिमी पनि बिहे गर उसलाई देखाइ देउ साथी को सल्लाह अनि घर को कर काप अन्ततः बिहे नै गरे तर जब छानो बाट खसे जुन दिन सुस्मिता को बिहेको निम्तो आयो । कार्ड हेरे सुस्मिता को र तिम्रो नाम थियो । मन मा हजारौं प्रस्न आउन थाल्यो । तिम्रै नाम भएको अर्कै केटा होला ! तर तिम्रै हो भन्ने फिक्स भयो । साथी नै त्यस्तो भए पछि म के गरु सुमन मेरो माया मा खोट थियो होला सायद त्यसैले यस्तो भयो । तिम्रो बिस्वास गर्न सकिन । अनि बिहेमा कसरी आउनु साथी को बिहे साथी नै बिस्वास घाती, तिम्रो बिहे सम्झेर आउ तर कसरि !

तिम्रो नाम को सिउदो रङ्गाउने रहर मेरो तर अरु कसैको रङगाइ दिएको कसरी हेर्न सक्थे त्यसैले आइन सुमन रुदै भन्छे छाया सुमन लाई अंगालो मा लिएर धेरै बेर रुन्छे । सुमन केही बोली हाल्ने मनुस्थिती मा हुदैन । अनि छाँया ले फेरि आँसु पुच्दै भन्छ :- तर सुमन यो कुरा चाहि सुस्मिता लाई नसुनौ है ? सुमन:- सुस्त हुँदै हुन्छ छाया म कोसिस गर्ने छु । समाप्त

#आर_स्कुवार