पाँचथर: झापाको शिवसताक्षी नगरपालिकामा मामाले आफ्नै भान्जि बलात्कार गरे। उक्त घट्ना लगत्तै बुवाले छोरी बलात्कार गरेको घट्ना सार्वजनिक भयो। बालिकाले आमालाई घट्ना बारे जानकारी दिइन्। स्वास्थ्य अवस्था कमजोर बनेपछि बालिकाले सबै कुरा आमालाई सुनाएकी थिइन्। करणी गर्ने बाबु प्रहरी हिरासतमा छन्।

असार २ गते आफ्नै घरमा भाडामा बस्ने १७ वर्षकी किशोरीलाई १ वर्षदेखि अनेक धम्की दिएर ५५ वर्षीय बिष्णु खड्काले बलात्कार गर्दै आएको खुलासा भयो। घट्ना बाहिर आएपछि उनी अहिले फरार छन्। यी झापाका प्रतिनिधि घटना हुन्। जिल्लामा हुने अधिकांश बलात्कारका घट्नामा चिनेजानेकै बढी देखिएका छन्। ४ वर्षीया बालिकादेखि ७७ वर्षीय बृद्धासम्म बलात्कारको सिकार बनेका छन्। झापामा गत असारदेखि १ सय २७ वटा बलात्कार सम्बन्धित उजुरी दर्ता भएका छन्।

ती मध्ये चिनजान गरेकै व्यक्तिबाट बलात्कृत १ सय १४ जना, नजिकका आफन्तबाट ११ जना र अपरिचितबाट २ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय झापाले ५६ जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ। १ सय २३ जना पक्राउ परेका छन्। १७ जना बलात्कार आरोपि फरार छन्। चिनजानका मान्छेबाट जबरजस्ती करणी बढी हुने भएकाले अधिकांश घटना घर भित्रै घट्ने गरेका छन्।

नाता सम्बन्ध भित्र भएका घटना बाहिर आएका छैनन्। ‘जति आएका छन् ती कम मात्रै हुन’, मानवअधिकारकर्मी बिष्णु खरेलले भने,‘ सामाजिक प्रतिष्ठान जोगाउनको लागि पीडित व्यक्तिलाइ झन पिडा थप्ने काम भएको छ। ’

(स्रोत अन्नपूर्ण)