छोराको जन्मदिनमा….रातको १:३० बजे फोन आउछ, छोरो फोन उठाउछ अनि आमा मुस्कुराउदै भन्छिन: “जन्मदिनको लाखौलाख शुभकामना मेरो सानू “

छोरो रिसले चुर हुँदै आमालाई भन्छ: मेरो निन्द्रा बिथोलेर , राती राती किन फोन गरेको ? बिहान गरेको भए हुन्न थियो? भन्दै फोन राखिदिन्छ

एकैछिनपछि बाबाको पनि फोन आउँछ तर बाबासग रिसाउदैन र नम्र भावमा भन्छ : भोलि बिहान कल गरेको भए हुने !

फेरि बाबाले भने: मैले तिमीलाई यो कारण फोन गरेको कि तिम्रो आमा पागल जस्तै छे,तिमीलाई यति राती निन्द्रा बिथोल्न फोन गरि! यस्तो पगलपना २५ वर्ष पहिलादेखि देखा परेको हो। जब उसलाई डक्टरले अप्रेसन गर्न भन्यो तब असले मानिन !भोग्न चाहान्छु सन्तान पाउदाको सारा कष्ट भन्दै सहेर बसी। ऊ मर्न तयार थिई तर अप्रेसन गर्न मानिन। रातको १:३० बजे तिम्रो जन्म भयो। दिउँसो चार बजेदेखि राती १:३०बजेसम्म प्रसबपिडाले छट्पटाई । तर तिम्रो जन्म हुने बित्तिकै उसले सारा पीडा भुली ।

उसको खुसीको सीमा रहेन । तिमी जन्मनुभन्दा पहिला डाक्टरले हस्ताक्षर गराएको थियो कि तिमी र तिम्रो आमाको जीवन तलमाथि पर्न पनि सक्छ ,यदि आमाछोरामा कसैको ज्यान गएमा उनीहरु जवाफदेही हुने छनन। तिमीलाई त वर्षमा एक पटक फोन गरेर दुख दिई है,तर मलाई त हरेक रात १:३०बजे उठाउछे र हर्षित हुँदै भन्छे हेरनुहाेसत हाम्रो सानू यही समयमा जन्मिएको थियो !“यही भन्न फोन गरेको हु । यति भनेर बाबाले फोन राखिदिन्छ्न!

छोरो सुनेको सुन्यै भयो । बिहान आमाको घर गएर आमाको खुट्टा समाउदै माफी माग्यो तर आमाको मनमा झन माया पलायो र भन्न थालीन हेर्नुस् त हाम्रो सानू आज घर आयो !“

फेरि गएर बाबासग माफी माग्छ तर बाबाले उल्टै गाली गरेर हाम्रोलागि तँ चाहिन्न भनेर धेरै रिसाए।

तब आमा आत्तिदै आएर भन्छिन:अन्जानमा यस्तो गरेको हो !सानै छ ,माफी दिनुस यसलाई

हामी सबैलाई थाहा छ यो संसारमा आमा नै त्यस्तो व्यक्ति हुन जसले सन्तानको जतिसुकै ठूलो गल्ती पनि माफ गरिदिन्छिन् (हरिबाहादुर- fanpage)