जेठ ३१,२०७६ रुपन्देही – रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट प्रहरीले कटुवा पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पुर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा सैनामैना नगरपालिका–६ का २० वर्षीय सुरज दर्जी, वर्ष २० कै अर्जुन मुसहर र २२ वर्षीय मनिष परियारलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट पेस्तोलमा लाग्ने एक राउण्ड गोली पनि बरामद भएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।

उनीहरुलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गर्ने तयारी भएको प्रहरी निरीक्षक मैनालीले जानकारी दिए । पछिल्लो समययता सैनामैनामा अपराधीक गतिविधीहरु बढिरहेको छ ।

(radionrn)